
सांगीतिक कार्यक्रमका लागि रुकुम पश्चिम पुगेकी लोकप्रिय गायिका रचना रिमाललाई आकस्मिक रूपमा स्वास्थ्य समस्या देखिएको छ। सानिभेरी गाउँपालिका–८, बेलटापुमा आयोजित महोत्सवमा प्रस्तुति दिनुअघि अचानक पेट दुखेपछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको हो।

रिमालको अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट नेपालगञ्ज लगिएको थियो। नेपालगञ्जस्थित अस्पतालमा प्रारम्भिक उपचारपछि थप परीक्षण र उपचारका लागि उनलाई मंगलबार बिहान काठमाडौं ल्याइएको स्रोतले जनाएको छ।
गायिका रिमाल हालकी सबैभन्दा व्यस्त र लोकप्रिय गायिकामध्ये एक हुन्। उनका थुप्रै गीतहरू दर्शक स्रोतामाझ लोकप्रिय छन्। रुकुम महोत्सवमा प्रस्तुति दिने तयारीमा रहेकी रिमालको स्वास्थ्यमा आएको समस्याले कार्यक्रम र उनका प्रशंसकहरूमा चिन्ता थपिएको छ।






































