गाजामा राहत वितरणमा सुरक्षा निकायद्वारा गोली चलाएको आरोप

Image
JPG converted with https://ezgif.com/webp-to-jpg
Nisarga Hospital

गाजा क्षेत्रमा राहत वितरणमा संलग्न इजरायली र अमेरिकी संस्थामा आबद्ध पूर्व सुरक्षा ठेकेदारहरूले गम्भीर आरोप लगाएका छन्। बीबीसीसँगको कुराकानीमा उनीहरूले राहत लिन पुगेका भोकै प्यालेस्टाइनीहरूमाथि बारम्बार गोली चलाइएको दाबी गरेका छन्।

CP Hospital Dhangadhi

पूर्व सुरक्षाकर्मीहरूका अनुसार, एकपटक मानिसहरू विस्तारै हिँडिरहेका थिए, तर उनीहरूलाई लक्षित गरी सुरक्षा निकायले गोली प्रहार गरेको थियो।

यता, राहत वितरणमा संलग्न गाजा ह्युमनिटेरियन फाउन्डेसन (जीएचएफ) ले उक्त आरोप अस्वीकार गरेको छ। जीएचएफका अनुसार, बारम्बार हमला भइरहे पनि पीडितहरू त्यही क्षेत्रबाट राहत लिन आइरहेका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

इजरायलले गाजामा ११ सातासम्म राहत आपूर्ति अवरुद्ध गरेपछि, जीएचएफले गत मे महिनाको अन्त्यतिर वितरण कार्य सुरु गरेको थियो। त्यसयता स्थानीयहरू सेनाको बीचबाटै राहत लिन बाध्य भएका छन्।

राष्ट्रसंघ र क्षेत्रीय चिकित्सकहरूका अनुसार, जीएचएफद्वारा राहत वितरण सुरु भएपछि करिब ४ सय प्यालेस्टाइनीहरू राहत लिन आउने क्रममा ज्यान गुमाएका छन्।

Dhnagadhi & Krishanapur