आज पनि देशभरका केही ठाउँमा भारी वर्षा र बाढीको जोखिम : मौसम विभागको सतर्कता आग्रह

Image
Nisarga Hospital

देशभर मनसुनी प्रभाव तीव्र बनेसँगै जल तथा मौसम विज्ञान विभागले बाढी, पहिरो र भूक्षयको जोखिमबारे सतर्क रहन आग्रह गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहेको छ भने मनसुनी वायु देशभर फैलिएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा अहिले आंशिकदेखि साधारण बदली देखिएको छ, जबकि अन्य क्षेत्रको मौसम मुख्यतया सफा छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। विशेष गरी बागमती, गण्डकी र लुम्बिनीका पहाडी भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना उच्च रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको विभागको अनुमान छ।

nawajiwan
Attariya Hospital

त्यस्तै, हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावनासमेत छ।

महाशाखाले बाढी, पहिरो तथा गेग्रान बहावका सम्भावित घटनाबाट जोगिन विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी डाँडाकाँडा, खोला आसपास तथा भूगर्भीय जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सचेत रहन अपिल गरिएको छ।