दुर्गेश थापाको ‘जाने भए जाम माया’ युट्युब ट्रेन्डिङमा, रिलिजको दुई घण्टामै लोकप्रियता

Image
Nisarga Hospital

गायक दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ युट्युबमा सार्वजनिक भएको दुई घण्टामै ट्रेन्डिङमा प्रवेश गरेको छ।

CP Hospital Dhangadhi

आज साँझ दुर्गेश थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीत समाचार तयार पार्दासम्म युट्युब म्युजिक ट्रेन्डिङको तेस्रो स्थानमा पुगेको छ। गीतले छोटो समयमा नै ५१ हजार ७ सयभन्दा बढी भ्युज बटुल्न सफल भएको छ।

गीतमा दुर्गेश र सिसनसँगै गायिका गुँरास नानी पनि भिडियोमा देखिएकी छन्। शब्द र संगीत दुर्गेश थापाकै रहेको गीतमा स्वर दुर्गेश, सिसन बानियाँ र अल्हाजी गेरोको छ।

nawajiwan
Attariya Hospital

भिडियोको निर्देशन र कोरियोग्राफी शिव बिकले गरेका छन्। गीतलाई दर्शक तथा स्रोताले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।