देशभर मनसुनी प्रभाव, यी ५ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै भारतको उत्तर प्रदेश आसपास सक्रिय रहेको न्यूनचापीय क्षेत्रको प्रभावले समेत नेपालमा मौसममा प्रभाव पारिरहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले अधिकांश भूभागमा बदली रहेको छ।

CP Hospital Dhangadhi

गण्डकी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसोको पूर्वानुमान
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली हुने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। यी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि रहेकोले सावधानी अपनाउन अनुरोध गरिएको छ।

nawajiwan
Attariya Hospital

अन्य जोखिमहरू
देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि रहेको जनाइएको छ।

रातिको अवस्था
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस प्रदेश र पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो, भूक्षय र गेग्रान बहावको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।