गोदावरी नगरपालिकाको हरियाली यात्रा: मठ मन्दिर, पार्क देखि ६ लेन सडक खण्डमा फूलैफूल लगाउदै

Image
{"remix_data":[],"source_tags":[],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–१ पृथ्वीनगर टोल अत्तरियामा रहेको शिव मन्दिर परिसरमा वृक्षारोपणसँगै सयपत्री फूलका बिरुवा रोप्ने कार्य सुरु गरिएको छ। नगर प्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा चितवनबाट ल्याइएका उन्नत जातका ५ हजार बढी सयपत्रीका बिरुवाहरु मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण सँगै वृक्षारोपण कार्य अघि बढाइएको हो।

CP Hospital Dhangadhi
 

कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा नगर प्रबक्ता गोपाल दत्त भट्ट, नेपाली कांग्रेसका युवा नेता हरी भट्टराई, अत्तरिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कार्याबहाक अध्यक्ष शेर बहादुर बिष्ट, मन्दिरका पुजारी तथा स्थानियको उल्लेखनीय सहभागिता रहेको थियो। मन्दिर परिसरलाई हरियालीयुक्त तथा धार्मिक दृष्टिले आकर्षक बनाउने उद्देश्यले बिरुवा रोपिएको हो।

nawajiwan
 

यही अवसरमा अत्तरिया–धनगढी ६ लेन सडक खण्डको गदोावरी नगरपालिकाको सिमा क्षेत्रको मिडियनमा समेत सयपत्रीका हजारौं बिरुवा रोपिएछन । नगर प्रमुख भट्ट, नगरपालिका कर्मचारी तथा कामदारको टोलीले संयुक्त रुपमा फूल रोप्ने काम अघि बढाएको छ ।

बृक्षारोपण कार्यक्रममा नगर प्रमुख बिरेन्द्र भट्टले भने, “गोदावरी नगरलाई हामी हरित, स्वच्छ र धार्मिक पर्यटकीय नगरको रूपमा विकास गर्न चाहन्छौं। यस मन्दिर परिसर मात्र होइन, नगरका प्रमुख चोक, सडकका मिडियन, सार्वजनिक स्थलहरूमा फूल रोपेर सुन्दर बनाउने हाम्रो योजना छ। यही सोच अनुरूप हामीले हजारौं फूलका बिरुवा चितवनबाट ल्याएर रोप्ने काम अगाडी बढाएको बताएका छन ।

Attariya Hospital
 

उनले थपे, “हामी प्लास्टिकजन्य सामग्री प्रयोग न्यून गर्दै प्रकृतिमैत्री उपायहरू अपनाइरहेका बताएका छन । दशैं–तिहार, छठमा प्लास्टिक फूलको सट्टा सर्वसुलभ प्राकृतिक फूल उपलब्ध गराई सजावटमा स्वदेशी उत्पादनको प्रयोगलाई बढावा दिने हाम्रो प्राथमिकता हो। यस कार्यका लागि नगरवासीको सहभागिता र साथले मात्र आफू सफल हुने बताएका छन ।

युवा नेता हरी भट्टराईले चितवनबाट सस्तो र गुणस्तरीय फूलको बिरुवा ल्याइएको जानकारी दिए। साथै, गोदावरी वडा नं. ४ को फोक्सेडाँडालगायत मठमन्दिर वरिपरिका स्थानहरूमा पनि हजारौं फूलका बिरुवा रोप्ने योजना रहेको उनले जनाए।

oplus_0

यस अभियानले धार्मिक पर्यटन, वातावरणीय संरक्षण र स्थानीय सौन्दर्य प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।