देशभर मनसुनी प्रभाव, केही प्रदेशमा वर्षा र लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर

Image
Nisarga Hospital

हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

यसको प्रभावले हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल देखिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।

Attariya Hospital

दिउँसो कोशीका तराई, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न हिमाली तथा पहाडी भूभागमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर र केही स्थानमा ‘तातो दिन’ हुने अनुमान गरिएको छ।

nawajiwan

राति पनि कोशी, बागमती र गण्डकीका पहाडी भूभाग तथा तराई क्षेत्रमा आंशिकदेखि सामान्य बादल रहनेछ। अन्य प्रदेशका केही क्षेत्रमा आंशिक बादल र केही ठाउँमा मौसम मुख्यतया सफा रहने अनुमान छ। चट्याङ्गसहित वर्षाको सम्भावना केही पहाडी र तराई क्षेत्रमा कायमै रहने मौसम विभागले जनाएको छ।