नागरिक उन्मुक्ति पार्टीमा आन्तरिक विवाद : गंगाराम चौधरी पदमुक्त

Image
Nisarga Hospital

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संसदीय दलका नेता गंगाराम चौधरीलाई पदमुक्त गर्दै कारबाही गरेको घोषणा गरेकी छन्।

CP Hospital Dhangadhi

पार्टीको हितविपरीत काम गरेको आरोप लगाउँदै गरिएको कारबाहीपछि चौधरी अब केन्द्रीय समिति पदाधिकारी तथा दलको नेतामा रहने छैनन्। अध्यक्ष श्रेष्ठले संसद सचिवालयलाई पत्र पठाउँदै चौधरीको नाममा कुनै निर्णय वा पत्राचार नगर्न समेत निर्देशन दिएकी छन्।

Attariya Hospital

श्रेष्ठका अनुसार, चौधरीले गत साउन ३ गते पार्टी विधानविपरीत केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेका थिए। साथै, निर्वाचन आयोगको निर्णय विपरीत महासचिवको हैसियतमा छाप र लेटरप्याड प्रयोग गरेको र दल त्याग गरेका व्यक्तिलाई समेत बैठकमा सहभागी गराएको आरोप उनमाथि लगाइएको छ।

nawajiwan