‘भिखारी’देखि स्ट्यान्डअपसम्म: नेपाली कलाकारको कमेडी यात्रा क्यानडामा

Image
Nisarga Hospital

तीन लोकप्रिय कमेडियन भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्की क्यानडामा हुने विशेष कार्यक्रममा प्रस्तुति दिन प्रस्थान गरेका छन्। उनीहरू शुक्रबार दिउँसो काठमाडौँबाट क्यानडा उडेका हुन्।

CP Hospital Dhangadhi

‘अब हाँस्छ क्यानडा’ शीर्षकको कार्यक्रम ‘आँगन इभेन्टस्’ र ‘आई एण्ड यू इन्टरटेन्मेन्ट’ले आयोजना गरेको हो। यसअन्तर्गत उनीहरूले अगस्ट ३० मा मिसिसागुवा र सेप्टेम्बर ६ मा एडमन्टन सहरमा आफ्नो प्रस्तुति दिने तय भएको छ।

Attariya Hospital

कार्यक्रममा भरतमणि पौडेलले पारस शाहको क्यारिकेचरमार्फत हाँस्य प्रस्तुति दिनेछन् भने कैलाश कार्कीले आफ्नो चर्चित पात्र ‘भिखारी’लाई उतार्नेछन्। त्यस्तै सुमन कार्कीले स्ट्यान्डअप कमेडी प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन दिने तयारी गरेका छन्।

nawajiwan