रातोरातो स्टेसनको ‘पुतली’ सार्वजनिक (भिडियो सहित)

Image
Nisarga Hospital

कञ्चनपुर: सुदूरपश्चिमको मौलिक संस्कृति र डोटेली भाषालाई गीतसंगीतका माध्यमबाट जोगाउँदै आएको ‘रातोरातो स्टेसन’ ले आफ्नो नयाँ गीत ‘पुतली’ सार्वजनिक गरेको छ। भिडियोसहित सार्वजनिक भएको यस गीतले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

CP Hospital Dhangadhi

लामो समयदेखि डोटेली गीतहरू प्रस्तुत गर्दै आएको रातोरातो स्टेसनले यसपटक पनि सोही भाषामा डोटेली मेलोडी र र्‍यापको फ्युजन प्रस्तुत गरेको छ।

यसअघि ‘पहाडी को छौनो’ र ‘हैला बुदी’ जस्ता लोकप्रिय गीत दिएको रातोरातो स्टेसनले ‘पुतली’ मार्फत डोटेली संगीतलाई अझै व्यापक बनाउने प्रयास गरेको छ।

nawajiwan

गीतमा रोहित साउदको स्वर सुन्न सकिन्छ, जसले गीतको शब्द पनि लेखेका छन्। त्यस्तै अनिता धामीको फिमेल भ्वाइस रहेको छ।

गीतमा बाँसुरीको धुन ५४१ फ्लुट ले भरेका छन् भने संगीत संयोजन फारवेस्ट स्टुडियोले गरेको छ। गीतको लागि बिट प्रोड्युस धीरज बलाएरले गरेका छन्।

Attariya Hospital

गीतको भिडियो पनि आकर्षक बनेको छ, जसमा रोहित साउद, निरज भण्डारी (कुल्ला डन), मनिषा बोहरा, सिखा भट्ट, लक्ष्मी माली लगायतको अभिनय देख्न सकिन्छ।

भिडियोलाई कमल मानले निर्देशन गरेका हुन् भने छायांकन दिपेश सिंह भाट (फोटो खिच देऊ) र रोशन सिंह भाटले गरेका छन्।

रातोरातो स्टेसनले विगत ६ वर्षदेखि डोटेली भाषा, कला र सुदूरपश्चिमको मौलिकतालाई संगीतका माध्यमबाट संरक्षण गर्दै आएको छ। ‘पुतली’ गीतले पनि यस परम्परालाई निरन्तरता दिँदै डोटेली कलालाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।