
नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावस्वरूप हाल कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा सामान्य बदली छ भने बाँकी भू–भागमा आंशिक बदली देखिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बुधबार पनि कोशी र मधेस प्रदेशसहित देशका अधिकांश पहाडी भू–भागमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा तराई र हिमाली भू–भागका एक–दुई ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ।

त्यस्तै, कोशी प्रदेशको तराई तथा बागमती प्रदेशका पहाडका एक–दुई स्थानमा भने भारी वर्षा हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।































