सम्विधान दिवस कसरी मनाऊँ ?

Image
Nisarga Hospital

-सुरेशकुमार पाण्डे

CP Hospital Dhangadhi

किन हाम्रो देशभित्र प्रत्येक दश-दशवर्षमा आन्दोलन् हुन्छ ? आन्दोलनमा सर्वसाधारणहरूले अनाहकमै किन ज्यान गुमाएका हुन्छन् ।आन्दोलन् भ्रष्टाचारको बिरूद्धमा हुन्छ तर त्यही आन्दोलन स्वायम भ्रष्टाचारीको हातमा पुग्नेगर्द छ। बिडम्वना नै भनौँ आज नेपाली जनताले लगातार यस्तै यस्तै शङ्घर्ष गर्दै देशमा ल्यायको सम्विधान् रक्षात्मक अवस्थामा पुगेको छ।

अहिले हाम्रो देशको सम्विधानले पहिलो दशक पुरा गरेको दिवसको रूपमा देशैभरी धुमधाम मनाउनु पर्ने थियो तर यस्तो अवस्थामा त्यसो गर्न सकेनौँ। त्यो दिन आउनुभन्दा पहिल्यै देशमा सम्विधानमाथि प्रहार हुनपुग्यो।देशमा जेन्जी पुस्तालाई उक्साएर आन्दोलनमा डोराईयो र पुरै देशलाई मर्माहित बनाइयो।

nawajiwan

असौजको ३ गते वि.स.२०७२ सालमा पहिलो पटक ऐतिहासिक सम्विधानसभा द्वारा देशमा जनताले सम्विधान् बनाउने मौका पाएका थिए।त्यो लोमू शंघर्ष पछि आएको दिन नेपाली नागरिकले इतिहासमा पहिलो पटक सम्विधान द्वारा सर्व धर्म सर्वजात र सर्व भाषामाथि गौरव गर्न सक्यो। बहु जात बहु भाषा र धर्मको राज्यले सम्मान गरेको ऐतिहासिक दिवसलाई हामिले कसरी भुल्न सक्छौँ ? तर आज देशमा भएको कोतहल रूवाबास स-साना बालबालिकाको हत्याबाट मर्माहित दृश्य आँखाबाट ओजेल हुनसकिरहेको छैन्।ति कलिला निर्दोश बालबालिकाहरू जसलाई स्कुलको बर्दीमै राज्यले गोली ठोक्यो यस्तो सर्मनाक दश्य विश्वकै माझमा छ।यस्तो हृदय बिदारक घटना अर्थात उनिहरूको रगतमाथि कसरी यो सम्विधान् दिवशलाई सम्झेर गौरव गर्दै मनाउन सक्छौँ ?

उनिहरूलाई मिसिनगनले तडातड ताकेरै उनिहरूको टाउकोमा गोलि हानियो र भर्खर यो मानव समाज र जगतबाट सिक्ने अभ्यास गर्न थालेका कलिला भाई बहिनी छोरा छोरीहरूलाई निर्दयी बनेर हत्या रियो।कसतो घृणित र सर्मनाक व्यवहार हो ?
उनिहरूको माग के थियो ? हामीलाई जेन्जीहरू आजको प्रवृतीबाट वांचित नगराइयोस र सोसिल मिडियालाई बन्द धगरियोस् , देशमा भ्रष्टाचारको अनत्य गरियोस्।यही त थियो उनिहरूको माग तर सरकारले उनिहरूको मागको बेवास्ता गर्दै उनिहरूको पाइला रोक्न गोली चलायो।

के उनिहरूको यत्ति अधिकार थिएन ? के सरकारलाई गोली चलाउनै पर्ने थियो।आफ्नो कम्जोरी लुकाउन असक्षेम सरकारहरू मात्र यस्तो घृणीत व्यवहार गर्दछन्।

सरकारले पहिले त उनिहरूलाई सम्झाउने प्रयास गर्नुपर्दथ्यो।त्यहाँ प्रसासनमा पुलिस मिबिटिएरको अभाब भयो।हाम्रो प्रसाशनमा त्यस्ता प्रहरी आफिसरहरूको कमि हो। पानीका फुहारा वा आसुग्यास(स्मोक ग्रिनेट)बाट उनिहरूलाइ रोक्न सक्थ्यो। रब्डका गोलीहरूबाट पनि रोन्न सकिन्थ्यो।
तर सरकारले त्यसो गरेन र तडातड गोलि हान्यो।अनि आफ्नै व्यवहारद्वारा आफै लज्जजनक बन्यो जनताले चुनेको सरकारले जनभावना बुझ्न नसकि तानाशाह र कातिल बन्यो।

५९जना आन्दोलनकारी मारिए तीन जना प्रहरी मारिए अनि बीश जना त कैदी मारिएकाछन्।
के त्यो कैदीहरूलाई जेन्जीहरूले मारेका हुन त ? अराजक तत्वहरूको घुसपैठले आ-आफ्नै प्रकारले आफ्ना दुश्मन् सिद्धाए।ताकी सर्प मरोस् लाठी पनि नभाँचियोस।
अब सबैभन्दा पहिले आन्दोलनमा मारिएकाहरूको बारेमा छानविन हुनुपर्छ।

Attariya Hospital

अहिले प्रधानमन्त्री तथा शुसिला कार्कीको अन्तरिम सरकारले सबैलाई आन्दोलनमा मारिएकालाई सहीद घोषणा गरेको छ,उनिहरूको आश्रृतलाई पन्द्र लाख दिने तथा घाइतेलाई उपचार गर्ने निर्णिय गरेको छ।साथै अश्विनको पहिलो दिन सहिदी दिवसको रूपमा मनाउने निरणय गरेको छ।
यि सबै सकारत्मक निर्णयहरू भएकाछन्।जेनजी पुस्ताहरूको सम्मान पनि हो।तर छानविन अत्यान्तै मसिनरी गरेर अपराधमा सलङ्गन् भएकाहरूलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ।

देशले करिब साडे छ दशक भन्दा बढी समयसम्म शङ्घर्ष गरेर निर्माण गरेको यो सम्विधानको रक्षा कसरी गर्ने ? यसबारेमा पनि नागरिक गम्भिर हुनुपर्द छ।
यद्यपि संविधानमा कतिपय कम्जोरीहरू पनि छन्। १८वर्षिय बहुदलीय व्यवस्थाले ८८४जनालाई पाल्ने काम मात्र भयो।विकास हुनसकिन। १३५जना मन्त्री र आठौटा सरकार तथा नौंव़टा संसदको खर्च देशका जनताहरछले विदेशमा पुगेर रेमिटेंस पठाए वा बालबच्चाको पेट काटेर कर तिर्दै पालेकाछन्।त्यसले नपुगेर अहिले देश अरबौं रूपियाँ ऋणमा छ।

२०६४बाट संविधान बनाउन ६०१जनाको जम्बो टीमलाई करिब आठ वर्ष पालेकै हौँ।
सबैभन्दा बढी समानुपातिकमा भ्रष्टाचार हुँदै आएको छ।त्यो समानुपातिक कोटामा मन्त्री र पार्टीका नेताहरूका दाशहरूलाई राख्ने गरिएको छ।तलबाट लिएर माथिसम्म भागभण्डामा पद ,भागबण्डामा कमिसन,भागबण्डामा देशको ढुकुटी स्वाहा भएको छ।त्यसैको नतिजा आज सबैको सामुन्य छ।

जनताले आफ्नो प्राणसँग साटेर देशलाई दिएको सम्विधानको रक्षक बन्न ,राष्ट्र र जनताको हितमा काम गर्न नसक्दा युवा पुस्तामा भएको आक्रोशको प्रदर्शन गर्दा पनि घुसपैठ हुन्छ। अराजक तत्वहरूले उनिहरूलाई मच्चाउँदै आफूले आफ्नो स्वार्थ पुरा गरेकाछन्।जेलबाट कैदीहरूलाई बाहिर निकाल्ने, प्रहरी कार्यलयहरूमा र सरकारी सम्पत्तिमा आगो लगाउने जस्ता अराजक कार्य जेनजी पुस्ताले गर्नै सक्दैन्।

जेन्जी पुस्ताको शान्ति पूर्वक आन्दोलन् माथि गोली वर्षायर उनिहरूको आन्दोलनलाई बद्नाम गर्ने प्रयास भएको छ।
उक्त आन्दोलनको मसीनरी एक एक व्यक्ति यसबाट कसलाई के फाइदा पुग्न सक्छ त्यसबारेमा छानविन गरेपछि दुधको दुध पानीको पानी हुने छ।आज देशमा २०६२/६३को ऐतिहासिक जनाआन्दोलनबाट आएको बहुदलिय व्यवस्थाको पनि सम्मान् गर्नुपर्छ।त्यो बहुदलिय व्यवस्था पनि सित्तैमा आएको थिएन हजारौँले आफ्नो प्राणको बलि दिएर आएको व्यवस्था हो।त्यही आन्दोलनको जगमा टेकेर २०६४सास चैत्र २८गते संविधानसभाको पहिलो चुनाव भयो,दोस्रो पटक २०७० मङ्सिर ४गते गरियो अन्तरिम सकारको पहिलो बैठक द्वारा गणतन्त्र नेपालको घोषणा भयो।त्यो पनि आफ्नो ठाउमा सम्मानिय छ।

नयाँ पुस्ताहरूले विगतको सबै इति आसको बारेमा अध्यायन गर्नुपर्छ।आज जसरी दलहरूलाई पाखा लगाउने काम भएको छ त्यसको अर्थ हुन्छ फेरी देशलाई निर्दलिय तानासाही व्यवस्थामा डोराउने।आफ्नै बाउ बाजेहरूको त्यागको अपमान पनि हो।
प्रिय जेनजी पुस्ताका कलिला भाइ बहिनीहरू राजनैतिक दलभित्र कयौँ भ्रष्टाचारी, अपराधीहरूको जमघट छ भन्ने कुरा हामिलाई पनि थाहा छ ।उनिहरूलाई कड्घेरामा उभ्याउने शक्ति पनि चाहिन्छ।सबै भ्रष्टाचारी र अपराधीहरू मात्र छैनन् बरू अपराध र भ्रष्टाचारको बिरूद्धमा आजिवन लडिरहेका अथक क्रान्तिकारी शक्तिहरू पनि राजनीति आन्दोलनमै छन् ।

सबैलाई एउटै घानमा हालेर उनिहरूको स्वच्छ छवीलाई धुमिल पार्ने योजना नगरियोस जो ठिक होइन।बरू इमानदार नैतिकवान राष्ट्रियता जनतन्त्र र जनजीविकाका लागि लड्दै भिड्दै आएका व्यक्तिहरूको सम्मान् गरौँ र त्यस्ता व्यक्तिहरूबाट बलियो सरकार बनाएर देशलाई नयाँ प्रगतिको पथमा डोराऊँ।हामिले नयाँ जनवादका लागि यस्ता पुराना भ्रष्टाचारीहरूलाई किनारा लगाउनुपर्छ।
देशलाई सम्विधान नियम र कानुनको आवस्याकता पर्छ।तसर्थ ऐतिहासिक सम्विधानसभा द्वारा बनाएको सम्विधानको रक्षा गरौँ।उक्त सम्विधानमा भएका कमि कम्जोरीहरूलाई पञ्छाउने बातावरणको सिर्जना गरौँ।जेन्जी आन्दोलनको द्वारानमा सहिद हुनपुगेका सबै सम्मानिय देशभक्तहरूमा हार्दिक श्रद्धाञ्जली दिंदै यो शोकलाई शक्तिमा बदल्ने संवेदना प्रकट गर्दछौँ।सम्विधान् दिवसको हार्दिक शुभकामना छ।