देशका पहाडी भूभागमा भारी वर्षा सम्भावना, मौसम विभागको सतर्कता सूचना

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु कमजोर भए पनि स्थानीय वायुको आंशिक प्रभाव कायम छ। यसको असरले देशको अधिकांश पहाडी भूभागमा सामान्य बदली र अन्य स्थानमा आंशिक बदली देखिएको छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi

आज दिउँसो पहाडी भूभागमा सामान्यतया बदली रहने अनुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ भने बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा पनि वर्षाको सम्भावना छ। विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ।

Attariya Hospital

आज राति पनि कोशी र मधेस प्रदेशसहित देशका विभिन्न पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र कोशी–बागमतीका पहाडी क्षेत्रमा भारी वर्षा पर्न सक्ने भएकाले सतर्कता आवश्यक भएको महाशाखाले जनाएको छ।

nawajiwan