
उज्यालो बाटो समाउछु
अन्धकार न चिर्दासम्म
उज्यालो आउदैन
आउनै सक्दैन त्यसैले
म कथित ईश्वरको

सरणमा फूलपाती बोकेर पुगिन
बरू पुस्तकालय पुग्छु अनि
बरू विद्याको खोजी गर्छु
दियोको प्रकाशमा रमाउछु
कल्पनाको बुई चडेर होइन
यथार्थको ज्वहारभाटासँग
शङ्घर्षको बाटो समाउ छु
भ्रमबस मानिसहरू सधैँ
जीवित छँदासम्म नर्कमा
अनि मृत्युपछि स्वर्ग पुग्छन्
कसैले नदेखेको रहश्यमय
छ सायद् उनको गनतब्य
भ्रमित छन् बाचुञ्जेल सधैँ
स्वर्गको लागि नर्कमा बस्छन्




तर मलाई चाहिंदैन त्यो
मरेपछिको स्वर्ग
मलाई जीवित छँदै
स्वर्गको दर्शन गर्ने मन् छ
भौतिकवादमा बिस्वस्त छु
भ्रममा रहेर मर्ने मनछैन
र सबैलाई भन्छु
यही मुक्तिको मार्ग हो
मनको भ्रम चिर्नसक्नु पनि
असली स्वर्गको बाटो समात्नु हो
ईश्वर र राक्षश छ भने
त्यो हो हाम्रो भित्रको
हृदय त्यहीँ छ पाप धर्म
इमान भगवान तर
स्वर्ग र नर्क भनेको
यही समाजमा हुन्छ
यही धर्तीमा हुन्छ
अरू कतै खोज्नुपर्दैन
कसैले
स्वर्गको लागि कहिल्यै
मृत्यु रोजनु पर्दैन
बरू असल काम गरौं
आफू सुखी र संसारलाई
सुखि राखौँ भ्रममुक्त भई
अन्धकारमा अलमलिएर
आफ्नो जीवन न गुमाऊ
अन्धकारलाई सराप्नु भन्दा
बरू एउटा दियो
बाल्नु पर्छ मेरो बिचारमा
त्यही असली जिन्दगीहो
र स्वर्गको बाटो हो।
सुरेशकुमार पाण्डे
दाङ घोराही १८

































