
गजल

अमेरिकी साम्राज्यवादीको सिकार भएपछि,
के लाग्छ कस्को नेतानै दोकानदार भएपछि।
राजनीति रहेन अचेल बिस्वासिलो देशभित्र,
कसरी गरौँ बिस्वास नीतिनै व्यापार भएपछि।




भन्नेहरूले भन्छन् युवा आफ्नै देशभित्र बसौँ,
भन त देशमै कसरी बसौँ बेरोजगार भएपछि।
सबैलाई रोजगार र गास ,बास,कपास हुन्थ्यो,
किन झग्डा हुन्थ्यौर जिउने आधार भएपछि।
देशमा भू राजनीति भएन र दलाल बने नेता,
विदेशी किन घुस्थ्यो सबै होसियार भएपछि।
देशमा सुसाना उद्योग भए युवालाई रोजगार,
राष्ट्र सुरक्षित हुन्छ बोडरमा तार बार भएपछि।
॥१॥
लैण्डुपहरू हुन उनिहरू धेरै होसियार हुनेगर्छन्,
उन्कै इसारामा बन्ने र बिग्रिने सरकार हुनेगर्छन्।
नारा देशभक्तिका लगाउने तर काम दलालीको,
उनैले गर्दा समाजमा ठुला ठुला दारार हुनेगर्छन्।
जनताले चिन्न सक्दैनन् दलालहरू सितिमिति,
देशभक्त जस्तो देखिने अक्सर गद्दार हुनेगर्छन्।
नेताको चाप्लुसि गर्नेहरूको कत्ति कम छैन यहाँ,
दासहरूको जनतासँग नराम्रो व्यवहार हुनेगर्छन्।
लोभले लाभ र लाभले बिलाप हुदै आए छ यहाँ,
भ्रममा नपरौँ सधै विदेशीले चाहे अनुसार हुनेगर्छ।
कसको समाचारलाई बिस्वास गरौँ मित्रहरू हामी,
साँचै यो देशमा सबैका आआफै अखबार हुनेगर्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

































