पूर्वसभामुख महरा फेरि पक्राउ, सुन तस्करी प्रकरणमा तेस्रो अभियोजन

Image
Nisarga Hospital

पूर्वसभामुख कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार पक्राउ गरेको छ। फ्लाई दुबईको उडानबाट २०७९ पुस १० गते काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएको सुटकेसभित्र ७३ बट्टामा ७३० थान ‘भेप’ फेला परेको थियो, जसभित्र करिब ९ किलो सुन लुकाइएको अनुसन्धानले पुष्टि गरेको थियो।

CP Hospital Dhangadhi

सीआईबीको प्रारम्भिक रिपोर्ट अनुसार यो सुन भन्सारका नासु रेवन्त खड्का लगायतको संलग्नतामा बेचिएको थियो। सो प्रकरणमा महराले भन्सारमा दबाब दिएको आरोप लागेपछि उनको छोरासहितका केही व्यक्ति यसअघि नै पक्राउ परेका थिए।

भेप साटासाट भएको शंका पछि भन्सारले २०८० वैशाखमा सीआईबीलाई अनुसन्धानको जिम्मा दिएको थियो। दुई महिनाको अनुसन्धानपछि रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो भने महरालाई हालै पुनः अनुसन्धानको दायरामा ल्याइएको हो।

nawajiwan
Attariya Hospital

उनी र उनका छोरा राहुलले विदेशी नागरिकसँग निरन्तर सम्पर्क राखेको कल रेकर्ड फेला परेपछि सीआईबीले यो तेस्रो अभियोजनका रूपमा महरालाई नियन्त्रणमा लिएको जनाएको छ। हाल अनुसन्धान अझै जारी छ।