उनि न्यायकै लागी सरकार बनाएका छन्,
आफ्नै बारे आफै समाचार बनाएका छन्।
मुद्दाको पनि मुद्दा बनाए र त्यसैको लागि,
देश विदेशमा राम्रो व्यापार बनाएका छन्।

वेरोजागर छन् देशभित्र धेरै यही बहानामा,
काम पाउछन् त्यसैले रोगार बनाएका छन्।
स्वतन्त्र पत्रिकाले लेखेन उन्को पक्षमा रता,
तिम्रै खर्चले आफ्ना अखबार बनाएका छन्।
उन्ले कपालकै छाला निकाल्छन् आर्काको,
आफ्नै गुनगाण गर्ने औतार बनाएका छन्।
तिमिले भन्छौ देशमा न्याय मिल्दैन कहिल्यै,
भन्नेलाई जेलमा थुन्ने आधार बधाएका छन्।
॥१॥

यो वर्ष दशैँ गयो अब तीहार आउन थाल्यो,
मेला पर्व पछि छिट्टै सरकार आउन थाल्यो।
वर्षैपछि सरकार देशमा ऋणको भारी हुन्छ,
आन्दोलन पनि त लगातार आउन थाल्यो।
न्याय मिल्दैन जस्लाई चोट दुख्यो उसैलाई,
त्यसैले आज समाजमा दरार आउन थाल्यो।
सरकारले भन्छ युवाले हामिलाई कुर्ची दिए,
अब अमेरिका बाट रोजगार आउन थाल्यो।
पराणको बाजी लगाएर ल्यायको गणतन्त्र,
साँच्चै आज गुमाएपछि प्यार आउन थाल्यो।
छिमेकीले सधैँ कोखेनजरले हेर्थ्यो अचेल त,
उतैबाट पनि किन लोकाचार आउन थाल्यो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८