एशिया–ईएपी ट्रफी जिते प्रत्येक खेलाडीलाई १९ लाख ५० हजार पुरस्कार

Image
Oplus_16908288
Nisarga Hospital

नेपाल क्रिकेट टोलीका लागि अर्को सुखद् खबर आएको छ। एशिया–ईएपी क्वालिफायर ट्रफी जितेमा टोलीका प्रत्येक खेलाडीले १९ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्‌ (NSC) का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रममा यो घोषणा गरेका हुन्। उनले नेपाली खेलाडीहरूको समर्पण, मेहनत र पछिल्लो समयको निरन्तर उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै क्रिकेट टोलीलाई सम्मानस्वरूप पुरस्कार दिने बताए।

CP Hospital Dhangadhi

यसअघि अर्ना (Arna) ले पनि टी–२० विश्वकपमा नेपालको स्थान सुनिश्चित भएपछि खेलाडीहरूलाई ५१ लाख रुपैयाँ र क्रिकेट संघ (CAN) लाई थप ५१ लाख रुपैयाँ दिने घोषणा गरिसकेको थियो।

Attariya Hospital

नेपाल क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिले देशभर उत्साह र गौरवको लहर फैलिएको छ। अब एशिया–ईएपी ट्रफी जित्दै नेपालको क्रिकेटले अर्को उचाइमा पुग्ने र विश्वसामु राष्ट्रको नाम अझ उच्च बनाउने अपेक्षा गरिएको छ।

nawajiwan

#TeamNepal #CricketNepal #NSC #Arna #CAN #AsiaEAPQualifiers