सरकारले ११ राजनीतिक नियुक्त राजदूत फिर्ता बोलायो

Image
Nisarga Hospital

सरकारले राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।

CP Hospital Dhangadhi

फिर्ता बोलाइएका राजदूतमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनी शैल रुपाखेती, इजरायल धनप्रसाद पण्डित, मलेसिया डा. नेत्रप्रसाद तिमल्सिना, कतार रमेशचन्द्र पौडेल, रुस जंगबहादुर चौहान, साउदी अरब नरेशविक्रम ढकाल, स्पेन शनिल नेपाल, बेलायत चन्द्रकुमार घिमिरे, अमेरिका लोकदर्शन रेग्मी र जापान डा. दुर्गाबहादुर सुवेदी रहेका छन्।

Attariya Hospital

मन्त्रिपरिषद्ले यस कदम राजनीतिक नियुक्ति समिक्षा तथा परराष्ट्र नीति समन्वयका लागि आवश्यक भएको बताएको छ। मन्त्री खरेलका अनुसार, सबै राजदूतले नेपाल फर्केर आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ र सरकार विदेशमा नेपालको प्रतिनिधित्व मजबुत बनाउन नयाँ नियुक्तिहरू अघि बढाउने तयारीमा छ।

nawajiwan