बाजुरामा स्वास्थ्य सेवा अभावबीच महिलाले बाटोमै बच्चा जन्माइन्

Image
Nisarga Hospital

बाजुराः  बूढीगंगा नगरपालिका–७ सिमलकोटकी सिर्जना केसीले बिहीबार बाटोमै बच्चा जन्माएकी छन्। सुत्केरी ब्यथा लागेपछि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै अनमी विनिता विष्टले सुरक्षित प्रसूति गराएकी हुन्।

CP Hospital Dhangadhi

स्वास्थ्य केन्द्रमा सूचना पाएपछि उनी घटनास्थलमा पुगेकी थिइन्। विष्टका अनुसार आमा र शिशु दुवैको अवस्था सामान्य छ। उनी सिमलकोट आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत एक मात्र स्वास्थ्यकर्मी हुन्। कार्यालय सहयोगीसमेत नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको उनले बताइन्।

Attariya Hospital

“बाटोमा गएर सुत्केरी गराउनु पर्ने होइन, तर मानवीय भावनाले गएँ,” उनले भनिन्। बूढीगंगामा करार कर्मचारी हटाइएपछि आठ स्वास्थ्य संस्था एक जना स्वास्थ्यकर्मीको भरमा चलिरहेका छन् भने तीन संस्था बन्द छन्।

nawajiwan

यस कारण ग्रामीण महिलाहरूले अझै पनि घर, बाटो वा मेलापातमै बच्चा जन्माउन बाध्य छन्, जसले स्वास्थ्य सेवा अभावको गम्भीर अवस्था उजागर गरेको छ।