
तिमी संग नाता जाेड्नु घाटा भयाे
जीवनकाे आधा भयाे ।
सुविधाकाे आशमा दुविधा नै भयाे ।

नाता जाेडी पराई हुन्छौं
गाता टाँसि सजाई दिन्छौं ।
सम्बन्ध पनि भए कस्ता कस्ता
बदलिएछाैं शहरमा बस्दा ।
तिमी संग नाता जाेड्नु घाटा भयाे
जीवनकाे आशा भयाे ।
सुविधाकाे आशामा दुविधा नै भयाे ।




अहिलेसम्मका नाता न त राख्यौं।
न त जाेख्याैं ।
भरिन नपाउदै यता पाेख्याैं उता पाेख्याैं।
तिमी संग नाता जाेड्नु घाटा भयाे
जीवनकाे आधा भयाे।
सुविधाकाे आशमा दुविधा नै भयाे ।
घमण्ड पनि कति तिम्रो साह्रो
तिमी संग जिउनु पनि गाह्रो ।
भए भरका अाराेप लगाई हिन्छाैं
हिजाे अाज किन तिमी पराई सम्झि दिन्छौं ।।
तिमी संग नाता जाेड्नु घाटा भयाे
जीवनकाे आधा भयाे ।
सुविधाकाे आशमा दुविधा नै भयाे ।
हराइ सके जिवनका रहरहरु
जीवनमा भरी दियौं जहर
एकान्तकाे बासैं राम्रो लाग्न अब थाल्याे। अब
याे ज्यानले भिर पाखा लेक बेशी धाउँन थाल्याे ।
तिमी संग नाता जाेड्नु घाटा भयाे
जिवनकाे आधा भयाे
सुविधाकाे आशमा दुविधा नै भयाे ।
अनगिन्ती रहर बाेकेकाे थे भित्री
भए म त एक्लो यात्री
भुँमरीमा खसे म त, उडे रहरहरु
छाेडी दिए अब, तिमी बस्ने शहरहरु
तिमी संग नाता जाेड्नु घाटा भयाे
जीवनकाे आधा भयाे।
सुविधाको आशमा दुविधा नै भयाे।
अब छाेडी दिए तिमी बस्ने शहरहरु
छाेडी दिए तिमी रम्ने शहरहरु।
सजाई राख,देखाई राख तिम्रा रहरहरु।।
सजाई राख, देखाई राख तिम्रा रहरहरु।।
✍️✍️कृष्ण सिंह धामी

































