सुरेशकुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital
इमानका कुरा गर्नेहरू पनि वेइमान हुनथालेपछि,
कसको केलाग्छ राजनीतिनै उखान हुनथालेपछि।
CP Hospital Dhangadhi
ऊ सहिद भयो देश जोगाउन र जनतन्त्र ल्याउँदा,
लाजपनि लजाए छ दलाल सन्तान हुनथालेपछि।
खै पुर्खाको के थियो मनसाय बुझ्न छाडे सन्तान,
कुरा नैतिक्ताका व्यवहार र पुँजिप्रधान हुनथाल्यो।
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
खै किन हुन्छ तकरार एउटै सन्तानमा हिंजोआज,
मानव समाजका लागि पैस मात्र परान हुनथाल्यो।
शान्ति गीत सबैले गाउँछन् अशान्तिको बिउ छर्दै,
उनैको नै हिंशक गतिबिधिमा योगदान हुनथाल्यो।

॥१॥

यो समयको पनि कस्तो कस्तो खेला हुँदोरहिछ,
सुख्खमा धेरै हुन्छन् दुःखमा अकेला हुँदोरहिछ।
जसले समय दियो र धन दियो अघीबढान भनि,
उसैमा घमन्ड र अभिमान त्यही वेला हुँदोरहिछ।
दुनियाँ मत्लबी मानिस भित्रको हरायो मनवता,
देखियो भोगियो संसार स्वर्थको भेला हुँदोरहिछ।
हामिले त सारा जीवननै आर्कैको लागि खर्चियौँ,
त्यसैले त आफ्नै भागमा मस्तै झमेला हुँदोरहिछ।
जब बुढो हुन्छ मानिस बल्ल मिल्दो रहिछ सिक्षा,
संम्झनामा पुरान दिन र हातका ठेला हुँदोरहिछ।
कथामै मात्र श्रवणकुमार यथार्थमा जन्मिनै छाडे,
अन्तिममा त आफ्नै निदार र हत्केला हुँदोरहिछ।
॥२॥

म आफैले भोगेको पल गजल बनाई लेखें,
जसले जेजे भनेत पनि अब्बल बनाई लेखें।
कसैको मन फाट्यो कसैको मन छोयो पनि,
जसले जसरी बुझेतपनि सफल बनाई लेखें।
पसिनाको कथा रगत रङ हो प्रेमको सुगन्ध,
जसले जेजे भोगेका त्यो असल बनाई लेखें।
सबैका लागि परिश्रमको खाँजो बाचुञ्जेल,
उनै सिपालुलाई सधैँ मैले अटल बनाई लेखें।
काम खोज्न विदेश चार्ने बटुवाको पिर मर्का
उनैका बा आमाकै आसुको भल बनाई लेखें।
आफै गजल गीत लेखें कविता र कथा लेखें
छोयो छोएन मन् सुख दुःख पल बनाई लेखें।

॥३॥

अमेल मित्रता हुन्छ चुनावी प्रचार खुब हुन्छ,
चुनावको बेलामा भोटरसँग प्यार खुब हुन्छ।
महंगी बड्छ र जनतामा कालो बादल उस्तै,
फेरी जनतासँग सरकारकै तकरार खुब हुन्छ।
छिमेक मौकामा चौका हान्छ दलाल छन् खुबै,
असमान सम्झौता विदेशी व्यापार खुब हुन्छ।
चुनाव हारेका पच्छार्ने दाउँमा उस्तै यताउता,
निर्दोशलाई भ्रष्टाचारमा कारागार खुब हुन्छ।
जनता दुखी देशमा लुटपाट उस्तै गुण्डागर्दी,
विदेशीकै निसानामा फेरी सरकार खुब हुन्छ।
जसले जितेपनि पैसा प्रधान समाजमा साथी,
आसेपासेको सुसार देशमा हुनेहार खुब हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

Dhnagadhi & Krishanapur