
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय छैन।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिए पनि अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो पनि यिनै प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान छ भने तराई तथा बाँकी भूभागमा आकाश खुला रहने छ।

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहन सक्ने महाशाखाले जनाएको छ। समग्रमा, देशको अधिकांश भागमा मौसम स्थिर र सफा रहने पूर्वानुमान जारी गरिएको छ।

































