आर्थिक अभावले दृष्टि विहीन बनेकी रोसनी

Image
Nisarga Hospital

बझाङ: बझाङ जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ५ का गगन बहादुर दमाई र सुनिता देवि दमाईको कोख बाट जन्मिएकी १ बर्षिया रोसनि दमाई छन् । उनको नाम रोसनी भएपनी उनी जन्मजात नै दृष्टि विहिन छिन् । जन्महुँदा घरपरिवारमा निकै खुःसीयाली भएपनी, पछी विस्तारै बुझ्दै जाँदा रोसनी उनको नाममा मात्रै सिमित रहन पुग्यो । दुबै आँखा पुर्ण रुपमा नदेख्ने भएपछी परिवारका सदस्यहरुमा भएको खुसियाली एका एक दुखमा परिणत हुन पुग्यो । दुबै आँखाको दृष्टि गुमाएकी रोसनीको उपचारका लागी गगन बहादुर दमाईले कुनै पनी कसरत बाँकी राखेनन् । उनी छोरीको उपचारका लागी जिल्ला अस्पताल बझाङ सम्म पुगे । जिल्ला अस्पताल बझाङले उनलाई गेटा आँखा अस्पतालमा रिफर गर्र्यो । रिफर गरेको एक महिनापछी ससानो मजदुरी गरेको रकम जम्मा गरेर र भाईहरु संग सहयोग मागेर उनी गेटा आँखा अस्पताल कैलाली पुगे । छोरीको आँखाको दृष्टि फर्किन्छ भन्ने आसा बोकेका गगनलाई छोरी सहित तिलगंगा अस्पताल काठमान्डौ लैजान गेटा आँखा अस्पतालका डाक्टरले सुझाब दिए । तर गगनले छोरीलाई बोकेर घर फर्कीए । उनलाई घर फर्कीनु रहर नभई बाध्यता थियो ।

CP Hospital Dhangadhi


एक महिना लगाएर जोडजाम गरेर पैशा जती सबै गेटा आँखा अस्पतालमा नै सक्किए पछी उनले आर्थिक अभावका कारण उपचार गराउन नसकेपछी निरास हुदै घर फर्किनु परेको हो । गगनले आफन्तहरु, ईष्ट मित्र, छिमेकी र केही मजदुरी गरेर जम्मा गरेको ३०।४० हजार खर्च भएको बताए । उनलाई अहिले पनी उक्त ऋणका कारण ढुक्कले न सुत्न सकेका छन् न अरु केही गर्न नै ।उनलाई त्यहि ऋणको चिन्ताले सताई रहन्छ । गाउँमा भएको जग्गा जमिन विक्री गर्नका लागी जग्गा जमिन पनी छैन । बाजे देखी बुबाहरुले गाउँका माथिल्लो जातहरुको हलियाको काम गरेर खलो मागेर जीविका धान्दै आए । अहिले गगनलाई पनी उस्तै गरी जीविका चलाई रहेका छन् । हलियाको काम गर्यो । खलो माग्यो । छोरा, छोरी तथा घरपरिवारका सदस्यका लागी एक छाकको जोहो गर्यो । उनको दैनिकी यसैगरी चलि रहेको छ ।

गगन ३ बर्षको हुँदा नै उनका बुबाको निधन भयो । उनको साथमा अहिले श्रीमती र बुढी आमा हुनुहुन्छ । उनका अन्य २ जना भाई आफ्नो परिवार सहित रोजगारीको खोजीमा भारत गएका छन् । रोसनीको उपचारका लागी कैलाली लिँदा भाईहरुले पनी सहयोग गर्नु भएको थियो । तर अहिले गगनले काठमान्डौ सम्म छोरीको उपचार गराउन लैजाने हो भने खर्चको जोहो गर्ने कुनै पनी माद्याम छैन । उनको आय स्रोत शुन्य छ । उनलाई छोरा छोरी र घरपरीवारका लागी एक छाकको जोहो गर्न नै धौ धौ भएको बेला छोरीको उपचार गराएर आँखाको दृष्टि फर्काउने कुरा गगनका लागी सपना जस्तै हो । गेटा आँखा अस्पतालका डाक्टरहरुले रोसनीलाई काठमान्डौमा रहेको तिल गंगा अस्पतालमा उपचार गराए राम्रो हुने सल्लाह दिएका छन् । तर उनको आर्थिक कमजोरीका कारण रोसनीको आँखा देख्ने सपना अधुरै रहने करिब पक्का छ ।

nawajiwan
Attariya Hospital


आँखाको दृष्टि गुमेको एक बर्षिया अबोध बालिकाको मात्रै समस्या होईन । आँखाको कमजोरी स्वयम् गगन लाई पनी छ । उनले पनी दायाँ आँखाको दृष्टि गुमाएका छन् । उनी सानो नाबालक हुदा नै उनको आँखा सानो दाना देखा परेको थियो । उक्त दानाले ठुलो रुप लिदै जाँदा आँखाको दृष्टि गुमानु परेको गगन दमाईकी आमा जुना देवि दमाईले बताईन् । उनले भनिन् ‘छोराले दाँया आँखा को दृष्टि गुमाउनु परेको पनी आर्थिक अभाकै कारण थियो । छोराको उपचार गराउन कतै लिएको भए उसले यो समस्या बाट छुटकारा पाउन्थ्यो । तर हामीहरु संग पहिला देखी नै आयस्रोत केही पनी थिएन । छोराको आँखामा सानो दाना आएर ठुलो रुप लियो । उक्त दान फुटेपछी आँखाको दृष्टि नै गुम्योे । हामीले सकेसम्म घरेलु उपचार गरेका थियौँ । घरेलु उपचार जडीबुटीले कुनै पनी काम नगरेपछी एउटा आँखा पुर्ण रुपमा बन्द भयो’।

यस्ता समस्याहरु पनी केही नहुने हामी जस्ता गरिब दुखीहरुलाई मात्रै पर्दो रहेछ । उनले गहभरी आँखा पार्दै भनिन् , ‘आँखाको समस्या नातीनि रोसनी, छोरा गगनलाई मात्रै नभएर गगनको श्रीमती, मेरो बुहारी सुनीता देवि दमाईलाई पनी छ । उनी टाढाको कुनै पनी चिज बस्तु राम्रो संग देख्न सक्दिनन् । नजीकको मात्रै अलि अलि देख्छीन् । बैलुकीपख करिब ५ बजेपछी अलिअलि पनी देख्दीनन् । बुहारीको यो समस्याको निधान पनी गर्न हामीले सकेका छैनौ । घरबाट बाहीरी जाँदा पैशा नभएर हुँदैन । पैशा नाममा आफुहरु संग शुक्को कौणी सम्म पनी छैन । आयस्रोत केही पनी नभएपछी छिमेकी आफन्तहरुले ऋण पत्याउदैनन् । घरमा केही विक्री गरेर उपचार गरौ भने पनी केही छैन । सम्पतीको नाममा बाजेको पालामा लगाएको त्यही थोत्रो घर बाहेक आफुहरु संग केही पनी छैन । कसैलाई सहयोग मागौ भने कसैले पत्याउदैनन् । दिने कुरापनी भएन । दैबले पनी कती सम्म दुख दिन सकेको होला ? भन्दै उनले आफ्नो भाग्य र भगवानलाई नै श्रापिन् । उनले आफ्नो नातीनीको उपचार गरीदिनका लागी धेरै ब्याक्तीहरु संग हात जोड्दै , भिक माग्दै अनुनय विनय समेत गर्दै आएकी छिन् । तर यसका लागी कुनैपनी ब्याक्ती तथा निकायको ध्यान पुगेको छैन ।

वडा कार्यालयमा पुगेर उनले आफ्नो नातीनीको जन्मदर्ता गराईन् । जन्मदर्ता गराएपछी अपाङ्ग परिचयपत्र पाउने र केही सामाजीक सुरक्षा भत्ता पनी आउने आसले उनिहरु वडा कार्यालय पुगेका हुन् । वडाले पनी सानो सहयोग गर्ने र सानो रकम गाउँपालिकाले गर्ने बाँकी रकमको जोहो गरेर उपचार गराउनका लागी जान भन्दै जनप्रतिनिधी र केही कर्मचारीले सुझाब समेत दिएका छन् । तर आफुहरु संग अरु रकम नभएका कारण उपचार गराउन सक्ने अवस्था आफुहरुको नरहेको जुना दमाईले बताईन् । यसका लागी सबैले आ आफ्नो क्षेत्र बाट स सानो सहयोग गरी दिन भन्दै दमाईले सबैलाई आग्रह समेत गरेकी छिन् । आफ्नो सन्तान लाई सम्झेर भएपनी नातिनीको आँखाको दृष्टि फर्काउनका लागी सहयोगको अपिल रोसनीका बुबा गगन दमाईले समेत गरे’। हामीहरु जीविका र एक छाकको जोहो त जेनतेन मागेरै भएपनी चलाउला तर छोरीको आँखा फर्कानका लागी आर्थिक नभएर नहुने भएका कारण सहयोगको अपिल गरेका हुन् ।