बझाङ्गको भवानि आधारभुत विद्यालयले गर्याे सामाजिक परिक्षण सम्पन्न

Image
Nisarga Hospital

दिपेश बहादुर बाेहरा / बझाङ: बझाङ जिल्लामा रहेका धेरै जस्ताे सामुदायिक विद्यालयहरूले अहिले पनि कागजि रूपमा मात्रै सामाजिक परिक्षण सिमित गर्ने गरेका छन् । तर पछिल्लो समयमा भने थलारा गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरूमा भने सामाजिक परिक्षण गर्ने कार्य विगतका बर्षहरू देखि सुरू गरेकाे छ । यसै अन्तरगत थलारा गाउँपालिका वडा नम्बर ९ मा रहेकाे भवानि आधारभुत विद्यालय चित्रु फकालि बझाङले  आईतवार सामाजिक परिक्षण गरेकाे हाे ।

CP Hospital Dhangadhi


थलारा गाउँपालिका वडा नम्बर ९ मा रहेकाे भवानी आधारभूत विद्यालयकाे आर्थिक बर्ष २०८१/०८२ काे बार्षिक सामाजिक परिक्षण गरिएकाे विद्यालयका शिक्षक राम बहादुर सिहँले बताउनु भयाे । शिक्षक अभिभावक संघका सदस्य हेम बहादुर विष्टकाे अध्यक्षता सामाजिक परिक्षण कार्यक्रम गरिएकाे हाे । सामाजिक परिक्षण कार्यक्रममा विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष डिवि विष्ट लगायत स्थानिय तथा अभिभावकहरूकाे सहभागीतामा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर विष्टले जानकारी दिनु भयाे ।

सामाजिक परिक्षणका सहजिकरण पुर्ण चन्द्राेदय माविका शिक्षक नवीन खड्काले गर्नु भएको थियाे । सामाजिक परिक्षणमा विद्यालयकाे भाैतिक आर्थिक  र शैक्षिक गुस्तरका बारेमा छलफल गरिएको थियाे । विद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर विष्टले विद्यालयकाे भाैतिक शैक्षिक अवस्थाका बारेमा जानकारी गराउनु भएको थियाे भने , विद्यालयकाे आर्थिक प्रगति प्रतिबेदन भवानि आधारभूत विद्यालयका लेखापाल प्रकाश बहादुर खड्काले प्रस्तुत गर्नु भएको थियाे । कार्यक्रम सहभागी भएका अभिभावकहरूले विद्यालयकाे शैक्षिक, भाैतिक र आर्थिक अवस्थाका बारेमा आफ्नाे गुनासाे राख्नु भएको थियाे ।

nawajiwan


कार्यक्रममा उठेका गुनासाहरूकाे सम्बाेधन विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष डिवि विष्ट र विद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर विष्टले गर्नु भएको थियाे । विद्यालयकाे शैक्षिक गुणस्तर सुधारका लागि एउटै ब्याक्तिले मात्रै लागेर नहुने बताउदै प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप प्रमुख कृष्ण बहादुर विष्टले सबैले आ आफ्नाे क्षेत्रबाट सहयाेग गर्नु पर्ने र आ आफ्नाे कर्तव्य पूरा गरेकाे खण्डमा मात्रै शिक्षाकाे गुणस्तर सुधार हुने बताउनु भयाे । प्राविधिक विज्ञ समितिका संयाेजक नवीन विष्टले सामाजिक परिक्षणकाे विषयमा प्रष्ट पार्दै शिक्षाकाे गुणस्तरका लागि त्रिपक्षिय तालमेल मिल्न जरूरि रहेकाे बताउनु भयाे ।

Attariya Hospital

विद्यालयकाे शैक्षिक गुणस्तर सुधारका लागि सराेकारवाला सबैलाई जिम्मेवारी भई दिनका लागि विद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर विष्टले सराेकारवालाहरू संग अनुराेध गर्नु भएकाे छ । विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष डिवि विष्टले विद्यालयकाे शैक्षिक गुणस्तर सुधारका लागि आफू जस्ताे सुकै कार्य गर्न पनि तत्पर रहेकाे बताउनु भयाे ।

गत बर्ष थलारा गाउँपालिकाले लिएकाे गाउँपालिका स्तरिय परिक्षामा भवानि आधारभूत विद्यालयले पालिका भरिमा राम्रो नतिजा ल्याउन सफल भएको बताउदै , यसका लागि मेहनत गर्ने शिक्षक शिक्षाकाहरूलाइ समेत धन्यवाद ज्ञापन गर्नु भएको छ । साथै वि. ब्या. स. अध्यक्ष विष्टले गुणस्तरीय शिक्षाका निमित्त आगामि दिनहरूमा पनि अझै मेहनत गर्ने विश्वास लिएकाे बताए ।