देउवा–प्रचण्ड–ओली–खड्काको सम्पत्ति छानबिन अघि बढ्दै, प्रधानमन्त्री कार्कीको स्पष्ट निर्देशन

Image
Nisarga Hospital

प्रधानमन्त्री सुशीला कार्कीले शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली र दीपक खड्काको सम्पत्तिमाथि व्यापक छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागलाई स्पष्ट निर्देशन दिएकी छन्। फरेन्सिक परीक्षणबाट प्राप्त प्रमाणका आधारमा विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई थप अनुसन्धान अघि बढाउन भनिएको खुलेको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

भदौ २३ र २४ गतेको जेन–जेड आन्दोलनका क्रममा देउवा र प्रचण्डको निवासमा आगजनी हुँदा जलेको अवस्थामा भेटिएका नोटहरूको फरेन्सिक परीक्षण सकिएको छ। परीक्षणपछि ती अवशेषमा नेपाली र विदेशी दुवै मुद्रा भेटिएको पुष्टि भएपछि दुई नेता र पूर्व सांसद दीपक खड्काविरुद्ध अनुसन्धानको बाटो औपचारिक रूपमा खुलेको विभागले जनाएको छ।

सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को संयुक्त टोलीले तीनै घरमा पुगेर मुचुल्का तयार गरिसकेको छ। अब उनीहरूको आम्दानी स्रोत पहिचान, सम्पत्ति वृद्धि र सम्भावित राजस्व छली वा भ्रष्टाचारसम्बन्धी आधारहरू खोजी सुरु गरिने विभागले बताएको छ।

फरेन्सिक रिपोर्ट प्रधानमन्त्री कार्की र अर्थमन्त्री रामेश्वर खनाललाई ब्रिफिङ गरिसकेपछि विभागले अनुसन्धान अधिकृत तोकी प्रक्रिया अगाडि बढाइसकेको छ। विभागका अनुसार बयानका लागि बोलाउने काम केही ढिला भए पनि छानबिन निश्चित रूपमा अघि बढ्नेछ।