
देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि तराई सहितका अन्य अधिकांश क्षेत्रमा मौसम सफा छ।

आज दिउँसो पनि पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र अन्य ठाउँमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना रहेको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम सफा रहनेछ।

भोलि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। यिनै प्रदेशका हिमाली भागमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायम रहने महाशाखाले जनाएको छ।
































