नेपाली कांग्रेसको केन्द्रीय निर्णयः- सबै निर्वाचनमा सहभागी हुने, सर्वपक्षीय छलफल आवश्यक

Image
Nisarga Hospital

नेपाली कांग्रेसको सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा सहभागिता जनाउने औपचारिक निर्णय गरेको छ। दुवै निर्वाचनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने प्रस्तावलाई बैठकले अनुमोदन गर्दै महामन्त्री गगन थापाले निर्णय सार्वजनिक गरेका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

प्रतिनिधिसभा विघटनलाई कांग्रेसले असंवैधानिक बताउँदै आए पनि सर्वोच्चको फैसलालाई स्वीकार्दै निर्वाचनमा जाने निष्कर्ष निकालेको छ। साथै, कांग्रेसले सरकारले निर्वाचनको वातावरण सहज बनाउन, जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता ल्याउन र फरार कैदीलाई पुनः कारागारमा ल्याउन आग्रह गरेको छ।

स्थगित हुँदै आएको बैठकले सर्वपक्षीय छलफलको आवश्यकता दोहोर्याएको छ। महाधिवेशनसम्बन्धी अन्तिम निर्णय भने केही दिनपछि पुनः छलफल गरेर गर्ने कांग्रेस नेताहरूको धारणा रहेको बैठकले जनाएको छ।