
मानिसलाई मृत्युको कुनै खबर हुँदैन,
कसैलाई पनि मर्ने साँच्चै रहर हुँदैन।
संसारमै जन्मे पछि मृत्यु अकाट्य हो,
कुन्बेला यही सास रोकिन्छ भर हुँदैन।
मानिस तिमि किन लोभि पापी बन्छौ,
दुःख सुख्ख नपाएको त अधर हुँदैन।
दिएको हुन्छ जिउने आधार प्रकृतिले,
मानिस झैं पसु पंक्षिलाई परपर हुँदैन।
भन्छन् विवेकसिल प्राणी मानिसलाई,
तर मान्छेलाई मान्छेकै भन्दा डर हुँदैन।

॥१॥
मानिसले औलादकै लागि जीवन लोटाए,
भोको बसे दुःख सहे तर तनमन लोटाए।
भन्नेहरूले खुब सम्झाए मुर्ख कत्ति नबनौँ,
तर आफूले उनैका लागि सबै धन लोटाए।
जसले फोहोर सम्झियो आफ्नै जीवनलाई,
साँच्चै उस्कै लागि यो धर्ती र गगन लोटाए।
तिम्रो थोरै भूलले अरूलाई नर्कमा पुराउँछ,
त्यो जानि जानि झन उनैले कफन लोटाए।
जसले जिन्दगीनै नर्क बनायो दुश्मन ठानेर,
जसले उसैको दामनमा आफ्नोपन लोटाए।




॥२॥
मानिसले औलादकै लागि जीवन लोटाए,
भोको बसे दुःख सहे तर तनमन लोटाए।
भन्नेहरूले खुब सम्झाए मुर्ख कत्ति नबनौँ,
तर आफूले उनैका लागि सबै धन लोटाए।
जसले फोहोर सम्झियो आफ्नै जीवनलाई,
साँच्चै उस्कै लागि यो धर्ती र गगन लोटाए।
तिम्रो थोरै भूलले अरूलाई नर्कमा पुराउँछ,
त्यो जानि जानि झन उनैले कफन लोटाए।
जसले जिन्दगीनै नर्क बनायो दुश्मन ठानेर,
जसले उसैको दामनमा आफ्नोपन लोटाए।
॥३॥
लेख्छु तरपनि वाद्यता हो वा रहर थाहा छैन,
कहा गएर टुङ्गिन्छ आफ्नो सफर थाहा छैन।
अब आफ्नै प्रछाईं सङ्गपनि डर लाग्नथाल्यो,
गनतब्य तर्फ छ की छैन यो डगर थाहा छैन।
जीवनमा कसैले हरायो भने त्यो आफ्नैले हो,
कुनवेला मुटुनै दुश्मन् बन्छ के भर थाहा छैन।
कथा झैं कथा नहोला तर हुन्छ सबैको व्यथा,
शब्दले कहा कहां छोयो त्यो खबर थाहा छैन।
देखेकै छौं त्यो प्राक़पनको उठान एकछिनमै,
आउंछ तुफान त्यसपछिको असर थाहा छैन।
आमाको दुधनै अमृत समान हुन्छ छोराछोरी,
मदिरापानले कस्तो दिनेछ अफर थाहा छैन।
॥४॥
राजनैतिमा पनि राजनीति हुन थाल्यो,
घर घरमा पार्टी भए वेथिती हुन थाल्यो।
जनता भन्दा धेरै नेता जात भन्दा पार्टी,
यो देशमा यस्तो जातिबिती हुन थाल्यो।
पुराना त्यागी नेताहरू छन् साथ न दिई,
सबै एउटै घानभित्र बिक्रिती हुन थाल्यो।
देशमा विकास कसरी मात्र खिचातानी,
साच्चै अराजकताकै प्रगति हुन थाल्यो।
देशको छातिमा विदेशीको पर्खाल हुन्छ,
सोंचौ हामि किन यस्तो क्षती हुन थाल्यो।
दलाललाई छानी देशको रक्षक बनाउदा,
देशनै पराधिन हुने सहमती हुन थाल्यो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

































