
नेपाल मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विवरण अनुसार आगामी २४ घण्टा देशको अधिकांश भू-भागमा सामान्यतया सफा मौसम रहनेछ।

सोमबार बिहान ८ बजे जारी पूर्वानुमानअनुसार कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रहरूमा मात्र आंशिक बदली रहने देखिन्छ।

आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। यस्तै, आज राति पनि सोही क्षेत्रमा आंशिक बदली रहनेछ।

महाशाखाका अनुसार हाल देशभर कुनै पनि उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहँदा बाँकी सबै प्रदेशहरूमा मौसम सफा र सुहावो रहने अपेक्षा गरिएको छ।
































