अपराजित विराटनगर सँग दबाबमा चितवनः आज एनपीएलमा ‘हाइ-भोल्टेज’ भिडन्त

Image
Nisarga Hospital

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोजबीच रोमाञ्चक खेल हुँदैछ। कप्तान सन्दीप लामिछाने नेतृत्वमा रहेको विराटनगर र कुशल मल्लको कप्तानीमा रहेको चितवन आज दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आमनेसामने हुनेछन्।

CP Hospital Dhangadhi

तीन खेलमा लगातार जित निकाल्दै ६ अंक जोडिसकेको विराटनगर अपराजित टिमको रूपमा बलियो देखिएको छ। अर्कोतर्फ, दुई खेलमा दुई अंक बटुलेको चितवनका लागि आजको खेल ‘जित्नै पर्ने’ दबाबसहित महत्वपूर्ण छ।

यो भिडन्तमा सन्दीप लामिछानेको बलिङ र चितवनका रवि बोपाराको ब्याटिङ मुख्य आकर्षण रहनेछ। बोपाराले यस सिजनमा दुई अर्धशतक प्रहार गरेका छन्। सन्दीप भने सात विकेटसहित प्रतियोगितामा सर्वाधिक विकेट टेकर बनेका छन्।

nawajiwan
Attariya Hospital

विराटनगरले पोखरा, काठमाडौं र जनकपुरलाई पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ। चितवन पहिलो खेलमा कर्णालीविरुद्ध विजयी भए पनि दोस्रो खेलमा लुम्बिनीसँग पराजित भएको थियो।

एनपीएलमा आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन्। अंक तालिकामा सुदूरपश्चिम शीर्ष स्थानमा, विराटनगर दोस्रो र काठमाण्डु तेस्रो स्थानमा रहेका छन्।