कांग्रेसमा सहमति टुंगियो: पुस २६–२८ मा नियमित महाधिवेशन गर्ने निर्णय

Image
Nisarga Hospital

लामो रस्साकस्सीपछि अन्ततः नेपाली कांग्रेसले आगामी पुसमै नियमित महाधिवेशन गर्ने सहमति जुटाएको छ। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका असन्तुष्ट नेताहरूलाई पुसभित्र महाधिवेशन कार्यतालिका पारित गर्न निर्देशन दिएपछि विवादको गाँठो खुलेको हो।

CP Hospital Dhangadhi

बैठकले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ। साथै वर्तमान कार्यसमितिको कार्यकाल माघसम्म थप गर्ने निर्णयसमेत भएको छ। पारित कार्यतालिका अनुसार पुस १६ गते वडा अधिवेशन, पुस १७ गते गाउँ–नगर अधिवेशन र पुस १९ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार एकमात्र प्रतिनिधि सभा रहेको जिल्लामा पुस २१ गते र बहु–निर्वाचन क्षेत्र भएका जिल्लामा पुस २२ गते जिल्ला अधिवेशन हुनेछ। प्रदेश अधिवेशन पुस २३ र २४ गते गर्ने निर्णय छ।

nawajiwan

२३–२४ भदौको जेनजी आन्दोलनपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनअघिनै नियमित महाधिवेशन गर्न जोरदार माग गर्दै आएको थिए। तर संस्थापन पक्ष सहमत नरहेपछि विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन भएको थियो।

Attariya Hospital

१४औँ महाधिवेशनका झन्डै ५५ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै असोज २८ गते निवेदन दर्ता गराएका थिए, जसपछि कांग्रेस दुई धारमा विभाजित भएको थियो। विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ। यही व्यवस्थाले पुस २८ भित्र विशेष महाधिवेशनको तीव्र दबाब निर्माण गरिएको थियो।

  • नयाँ क्रियाशील फारम वितरण: मंसिर २० भित्र

  • वडासम्म फारम पठाउने: मंसिर २४ भित्र

  • नयाँ क्रियाशील सदस्यता निष्कर्ष निकाल्ने: पुस ८ भित्र

  • सदस्य सूची प्रकाशन:

    • एक क्षेत्र जिल्ला: पुस १० भित्र

    • बहु–क्षेत्र जिल्ला: पुस ११ भित्र

  • छानबिनपछि अन्तिम सूची: पुस १२ भित्र

  • अन्तिम नामावली सभापतिलाई बुझाउने: पुस १४

  • निर्वाचन समितिलाई अन्तिम सूची: पुस १४ भित्र

  • जनसम्पर्क समिति अधिवेशन: पुस १५

  • वडा अधिवेशन: पुस १६

  • नगरपालिका/गाउँपालिका अधिवेशन: पुस १७

  • प्रदेश सभा क्षेत्रीय अधिवेशन: पुस १९

  • प्रतिनिधि सभा क्षेत्रीय/एक क्षेत्र जिल्ला अधिवेशन: पुस २१

  • बहु–क्षेत्र जिल्ला अधिवेशन: पुस २२

  • प्रदेश अधिवेशन: पुस २३–२४

  • केन्द्रीय महाधिवेशन: पुस २६–२८