देशभर मनसुन सक्रिय बन्दै, कोशीमा भारी वर्षा र तराईमा हुरीको चेतावनी

Image
Nisarga Hospital

देशका अधिकांश क्षेत्रमा मनसुन सक्रिय बन्दै गएको छ। हाल कोशी, मधेश र बागमती प्रदेशमा मनसुन पूर्ण रूपमा प्रभावकारी रहेको छ भने गण्डकीका केही तथा लुम्बिनीको पूर्वी क्षेत्रमा यसको प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीनदेखि चार दिनभित्र गण्डकी, लुम्बिनीका बाँकी क्षेत्रसहित कर्णाली र सुदूरपश्चिम प्रदेशभर पनि मनसुन फैलिने सम्भावना रहेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्नेछ। तराईका केही क्षेत्रमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ।

Attariya Hospital

विशेषगरी कोशी प्रदेशका पहाडी र तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। मधेश प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्छ। साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका तराई क्षेत्रमा हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

nawajiwan

आज रातिसमेत देशका अधिकांश क्षेत्रमा वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ। मौसमविद्ले भारी वर्षा, चट्याङ र हुरीका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरो जोखिमयुक्त क्षेत्र तथा खुला स्थानमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।