तिमी सुन्दर परि हौ

Image
Nisarga Hospital

तिमी सुन्दर परि हौ मेरो जीवन उज्यालो बनाउछौ
तिमी नै मेरो लागि सबैथोक हौ
तिमी नै हौ यो जीवनमा चाहिन्छौ
एउटा प्रेम जुन तिमिले मात्र पाउने छौ

CP Hospital Dhangadhi

मेरि माया जसको म काखमा निदाउछु
सधै मेरो प्रिय म तिम्रो साथमा हुनेछु
तिमी मेरो सुन्दर प्यारी पत्नी हौ
तिमी जहाँ भए पनि मलाई खुसी बनाउने छौ

तिम्रो लागि मेरो प्रेम चम्किलो तारा झै छ
तिम्रो त्यो हासोले मेरो मन खुसी बनाउछ
मेरि माया तिम्रो काखमा म निदाउछु
मेरो हृदयको गहिराई बाट धेरै कुरा सोच्छु

nawajiwan
Attariya Hospital

कुन शब्दले वर्णन गरौं मैले सक्दिन
यती बलियो र गहिरो प्रेम व्यक्त गर्न सक्दिन
यो गित ,गजल तिम्रै लागि हो
मेरो हृदय ,मेरो आत्मा तिम्रै लागि हो

तिमी सुन्दर परि हौ मेरो जीवन उज्यालो बनाउछौ
तिमी नै मेरो लागि सबैथोक हौ
तिमी नै हौ यो जीवनमा चाहिन्छौ
एउटा प्रेम जुन तिमिले मात्र पाउने छौ

लेखक : गोबिन्द राज ओझा (राजन )