कबिताः- सुनीति

Image
Nisarga Hospital

जब जब पनि शत्रु, छेक्न नै खोज्छ मार्ग
जब जब पनि राहु, केतु नै हुन्छ रूष्ट
बिचलित भइ कत्ति, छोड्नु नै हुन्न मार्ग
समय अति ठुलो हो, फिर्छ फेरी बसन्त

CP Hospital Dhangadhi

किन त्यसरी त ब्यर्थै, नेत्रमा ॲाशु राख्नु
किन त्यसरी त ब्यर्थै, शोकमा मात्र बॅाच्नु
मनुज भइ सधैं नै, साहसी बन्नु पर्छ
दुख पछि सुख आफै,फर्कने हो अवश्य

शिशिर ऋतु चलेमा, पात झर्छन् अवश्य
अलिकति नि रहन्नन्, हुन्छ निर्वस्त्र बृक्ष
तर पनि त सधैं नै, यो अवस्था रहन्न
ॲझ फली लटरम्मै हुन्छ खाली रहन्न

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कति कति युग बित्छन्, काल फेरी रहन्छ
अबिचलित भए नै जीत भै नै रहन्छ
किन त अनि कसैले, शोक नै गर्नु पर्ने
बल गरी किन आफ्नो आयु नै क्षीण गर्ने

डा. टेकराज पन्त
अस्टिन, टेक्सस

Dhnagadhi & Krishanapur