म नेपाल बोल्छु

Image
Nisarga Hospital

म नेपाल बोल्छु, गौरवले घमण्ड गर्छु,
सगरमाथाको शिखर जस्तै उचाइ चर्छु।
शान्तिले संदेश लुम्बिनीले दिदै आएको,
दुनियाँलाई माया सद्भभाव सिकाउदै गएको।

CP Hospital Dhangadhi

मेरो पहाड, मेरो तराई, मेरो हिमाल,
तिन रुप लिएर म छु एक नेपाल।
धेरै भाषाहरू, तर एउटै मात्र स्वर,
नेपाली हौँ हामी एकता को हाम्रो भर ।

कसैले हेप्छ भने, झन् बलियो बन्छु,
इतिहास सम्झेर, साहसमा रम्छु।
म नेपाल बोल्छु, कर्ममा विश्वास राख्छु,
देशकै नाउमा बाँच्छु, देशकै लागि लेख्छु।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

✍️ आस्था कार्की, विद्यार्थी
सुदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पस धनगढी, कैलाली
स्थायी ठेगाना: डिलाशौनी, बैतडी

Dhnagadhi & Krishanapur