
एकले आर्काको खुट्टा ताने देश जोगाउने कसले,
आफ्नै सन्तान दुश्मन ठाने देश जोगाउने कसले।

आफै बनाएका बिधि र बिधान गर्छन् उलङ्घन,
नियम कानुन् आफै नमाने देश जोगाउने कसले।
ए साथि कामरेड भन्दैमा क्रान्तिकारी हुँदैन यहाँ,
आत्मियतानै मनले नजाने देश जोगाउने कसले।




कसैले त सही बोलौं देश र जनताको मर्म बुझेर
सबैले बने सि थोत्रा उखाने देश जोगाउने कसले।
पेसाको लागि पार्टीका पेसेबर बनेका हुन्छन् यहाँ,
युवा कामै नगरि जीवनधाने देश जोगाउने कसले।
भाषनले पेट भरिदैंन क्रान्ति हुँन्न झुटा नारा लगाई,
चुनावमै विदेशी दलाल छाने देश जोगाउने कसले।
॥१॥
बोकेर भारी बनेका झुटका साहुकार देखाउन,
लिएर जिम्मा गर्दैनगर्ने यस्तै व्यवहार देखाउन।
आफूनै अब्बल सम्झिन्छन् बनेर नेताका चम्चा,
फुटाउने व्यवहारमा जुटाउने समाचार देखाउन।
आफूलाई अब्बल ठान्नेहरू कहिल्यै हुँदैन राम्रो,
सफल पार्न भन्दै आफैलाई बफादार देखाउन।
चुनाव नजिकै आयो चाल हेरौँ मौका परस्तको,
खरायो समेत गर्छ आफूलाई खुँखार देखाउन।
काम गरेका कति छौ व्यवहारमै रिजल्ट आउला,
प्रयास नगरे हुन्छ आफूलाई सधैँ अपार देखाउन।
सजग रहौँ थालिसकेका छन् छचल्किन मनुवा,
बानाउँदै छन् फेरी शङ्घर्षको आधार देखाउन।
॥२॥
जसलाई सोधेपनि आफ्नै पार्टी सुन्दर हुनसक्छ,
उनलाई जस्तो सिकायो त्यसैको असर हुनसक्छ।
नागरिकहरू अब आफै सचेत भएर मतदान गरौँ,
उसैलाई छानौं जस्मा देश बनाउने रहर हुनसक्छ।
सानो पार्टी भन्दा विचार व्यवहार प्रधान् हुनेहुँदा,
उनैलाई ठुलो गराए देश आत्म निरभर हुनसक्छ।
भ्रष्टाचार मुक्त बनाउ देशमा आमूल परिवर्तन गरौं,
सबैलाई जमिन सबैलाई ओटलाग्ने घर हुनसक्छ।
हाम्रै हातमा छ अखण्ड देश र जनताको भबिश्य,
देशभक्ता छानौँ स्वर्गतुल्य यो धर्ती सगर हुनसक्छ।
सयौँ फूलका बगैचा हो देश हिमालयको काखमा,
हिमाल पहाड तराईमा फूल जस्तै अधर हुनसक्छ।
॥३॥
समय भन्दा अमूल्य कुनै संसार हुन सक्दैन,
यो स्वास भन्दा गतिसिल रफ्तार हुन सक्दैन।
भागेर कहाँ जानसकिन्छ समश्यसँग नलडी,
शङ्घर्षको योगदान पनि वेकार हुन सक्दैन।
यो देश बनाउने र समाज बदल्ने त हामिनै हौँ,
किन की विदेशी देशको बफादार हुन सक्दैन।
समश्य समाधान हुन्छ आत्मनिर्भर भएपछि,
अनुदान मात्र विकासको आधार हुनसक्दैन।
यो व्यवस्था भनेको धनबाट धन कमाउने हो,
यही अबस्थामा निर्मूल भ्रष्टाचार हुन सक्दैन।
राजनीति पेसाकै लागि हुनथालेपछि साथिहो,
यस्तो राजनीति त सेवाए ब्यापार हुन सक्दैन।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

































