एनपीएल सिजन २ मा तीन खेलाडीले बाइक पुरस्कार जिते: शेर मल्ल, रोहित पौडेल र सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा तीन उत्कृष्ट खेलाडीले बाइक पुरस्कार जितेका छन्। विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर बनेर बाइक प्राप्त गरे भने लुम्बिनी लायन्सका शेर मल्ल ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ बनेर पुरस्कारस्वरूप बाइक पाएका छन्। शेरले भने, “यो मेरो जीवनकै पहिलो बाइक हो।”

CP Hospital Dhangadhi
Attariya Hospital

त्यस्तै, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल उत्कृष्ट ब्याटर बनेर बाइक जिते। प्रतियोगितामा उनीहरूको उत्कृष्ट प्रदर्शनले टोलीको सफलता र व्यक्तिगत कदर दुवै सुनिश्चित गरेको छ। नेपाल क्रिकेट संघले प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूको योगदानलाई सम्मान स्वरूप पुरस्कार प्रदान गरेको हो।

यी पुरस्कारले खेलाडीहरूको उत्साह र प्रतिस्पर्धात्मक भावना बढाउने विश्वास गरिएको छ। एनपीएल सिजन २ ले नेपाली क्रिकेटमा युवा प्रतिभा प्रदर्शन गर्ने ठूलो अवसर प्रदान गरेको छ भने दर्शक र खेलप्रेमीहरूका लागि पनि रोमाञ्चक अनुभव बनाएको छ।