पवित्र आत्मा

Image
Nisarga Hospital

पवित्र आत्मा भगवानको घर हो,
ढोका नभएको, तर सदैव खुला,
जहाँ प्रवेश गर्न खुट्टा होइन,
आत्म–बोधको मौन चाहिन्छ पूरा।

CP Hospital Dhangadhi

त्यहाँ समय थाकेर रोकिन्छ,
अस्तित्व प्रश्नमा गल्छ,
“म” भन्ने भ्रम पग्लिँदा,
अनन्तको स्पर्श झल्किन्छ।

मूर्ति ढले पनि सत्य ढल्दैन,
शिखर भत्किए पनि प्रकाश बाँचिरहन्छ,
ईश्वर बाहिर खोजिरहँदा,
आफैंभित्र उहाँ मौन बोलिरहन्छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

ज्ञान त्यहाँ संग्रह होइन,
त्यागको सरल विवेक हो,
अहंकार शून्य हुँदा मात्र,
परमात्माको साक्षात्कार हो।

प्रार्थना शब्दको अभ्यास होइन,
चेतनाको गहिरो अवस्थान हो,
जहाँ खोजी अन्त्य हुन्छ,
र आत्मा स्वयं उत्तर बन्छ।

न स्वर्ग टाढा कतै छ,
न नर्क कुनै गहिराइमा,
स्वर्ग त आत्माको पवित्रता हो,
नर्क त चेतनाको अन्धकारमा।

जब साधक मौन हुन्छ,
ईश्वर प्रकट हुनुहुन्छ,
जहाँ प्रश्न हराउँछन्,
त्यहीँ सत्य प्रकट हुन्छ।

पवित्र आत्मा घर हो प्रभुको,
र प्रभु आत्माको चेतना,
दुई होइनन्, एकै हुन्,

जहाँ लोभ, मोह, अहंकार गल्छ,
जहाँ क्षमाले पाप पग्लाउँछ,
त्यहीँ प्रभु शान्त भएर बस्नुहुन्छ,
त्यहीँ आत्मा शुद्ध हुँदै उठ्छ।

शब्दले होइन, कर्मले पूजा गर,
सेवामा खोज परमात्माको रूप,
दुःखीको आँसु पुछ्दा देखिन्छ,
भगवानको करुणामय स्वरूप।

पवित्र आत्मा बिना पूजा अधुरो,
बिना प्रेम मन्त्र निष्फल हुन्छ,
जहाँ करुणा छैन, त्यहाँ धर्म छैन,
जहाँ घृणा छ, त्यहाँ प्रभु टाढा हुन्छ।

आत्मा पवित्र राख्नु नै तपस्या हो,
सत्यको बाटोमा अडिग रहनु व्रत,
हिंसा त्यागी शान्ति अँगाल्नु,
त्यही नै हो धर्मको सार तत्व।

जात, वर्ण, भाषा र नामभन्दा माथि,
आत्मा त एउटै प्रकाश हो,
त्यसै प्रकाशमा लीन हुँदा,
मानव र भगवान एकाकार हो।

✍️ कोपिला धामी, विद्यार्थी
सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस

Dhnagadhi & Krishanapur