सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ। मंगलबार एकैदिन तीन हजार एक सय रुपैयाँले बढेको सुनको भाउ बुधबार प्रतितोला चार सय रुपैयाँले घटेको हो।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो। मूल्यमा आएको यो गिरावटले सुन किन्ने ग्राहकलाई केही राहत मिलेको व्यवसायीहरू बताउँछन्।

Attariya Hospital

यस्तै, चाँदीको मूल्य भने बुधबार बढेको छ। मंगलबार प्रतितोला चार हजार आठ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज चार हजार नौ सय ३५ रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रुपैयाँले वृद्धि हो।

nawajiwan

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस चार हजार चार सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढावले नेपाली बजारमा पनि प्रभाव पारिरहेको देखिन्छ।