कैलालीको मष्टाधाममा माघ २४ देखि शिवपुराण ज्ञान महायज्ञ लाग्दै, विश्वकै ठूलो त्रिशुल स्थापना हुने

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–४ स्थित बन्दगडामा निर्माणाधिन मष्टाधाममा आगामी माघ २४ गतेदेखि फागुन १ गतेसम्म शिवपुराण ज्ञान महायज्ञ आयोजना हुने भएको छ। मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश साउँदका अनुसार धामको पाँच खण्डमध्ये धार्मिक खण्डको निर्माण अन्तिम चरणमा पुगेको छ र दैनिक पूजाआजा सुरु गर्न प्राण प्रतिष्ठा गर्न लागिएको हो।

CP Hospital Dhangadhi

महायज्ञमा आचार्य श्री किशोर शरण सुवदी जी महाराज मुख्य कथा वाचकका रुपमा रहनेछन्। ६५ विधा क्षेत्रफलमा फैलिएको धाममा स्टोनपार्क, सेल्फीपार्क, तालक्षेत्र, पिकनिक स्पोर्ट, ध्यान केन्द्र निर्माण हुने छन्। यसबाहेक १०८ फिटको त्रिशुल स्थापना गर्ने काम र तीन नाडको १,१०० किलोको घण्टा राख्ने कार्य बाँकी रहेको छ। अध्यक्ष साउँदका अनुसार उक्त त्रिशुल विश्वकै ठूलो त्रिशुल हुनेछ।

मष्टाधाम निर्माणमा वडा, नगरपालिका, प्रदेश र संघीय सरकारको लगानी रहेको छ। धामलाई मष्ट देवताको विश्वकै पहिलो धामका रुपमा विकास गर्ने र मुख्य पर्यटकिय स्थल बनाउन योजना अघि बढाइएको छ। निर्माण पूरा भएसँगै दैनिक १००–१,००० पर्यटक भित्र्याउने लक्ष्य रहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

२०७६ सालमा सुरु भएको मष्टाधामको निर्माणपछि यसलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी होमस्टे अवधारणा पनि अघि सारिएको छ। धाम सञ्चालनमा आएपछि स्थानीयलाई व्यवसायिक अवसर र आर्थिक फाइदा पुग्ने अपेक्षा गरिएको छ। गोदावरी नगरपालिका–८ स्थित स्याउले बजारबाट ४ किलोमिटर उत्तरमा रहेको मष्टाधाम यस क्षेत्रको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल बन्ने संभावना बोकेको छ।

Dhnagadhi & Krishanapur