माघी पर्वको अवसरमा कैलालीको गोदावरीमा थप बिदा, चार दिनसम्म कार्यालय बन्द

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिकाले माघ २ गते स्थानीय बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले बुधबार सूचना जारी गर्दै थारु समुदायको नयाँ वर्ष तथा माघी पर्वको अवसरमा उक्त दिन बिदा दिइएको जनाएको हो।

CP Hospital Dhangadhi

प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीद्धारा जारी सूचनाअनुसार माघ ३० गते बसेको १३६औँ नगर कार्यपालिका बैठकले माघ २ गते बिदा दिने निर्णय गरेको हो। सो दिन नगरपालिका तथा मातहतका सबै कार्यालय र शैक्षिक संस्थाहरू बन्द रहने जनाइएको छ।

Attariya Hospital

माघी पर्वको अवसरमा आज बुधबार प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ भने भोलि बिहीबार राष्ट्रिय बिदा रहेको छ। यसैबीच माघ २ गते नगरपालिकाले स्थानीय बिदा दिने र त्यसपछिको दिन माघ ३ गते शनिबार परेकाले गोदावरी नगरपालिकामा लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ।

nawajiwan