सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण, आजका लागि कतिमा हुँदै छ कारोवार?

Image
Nisarga Hospital

नेपाली बजारमा सुनको मूल्यले फेरि एकपटक नयाँ इतिहास रचेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। यसअघि आइतबार सुन तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा तोलामा ५ हजार २ सय रुपैयाँले मूल्य बढ्नुले बजार तताएको छ।

CP Hospital Dhangadhi

महासंघले सोमबारका लागि १० ग्राम सुनको मूल्य २ लाख ६४ हजार ९ सय २० रुपैयाँ तोकेको छ। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्नु, अमेरिकी डलरको विनिमय दरमा उतारचढाव आउनु तथा विश्वभर देखिएको भू–राजनीतिक अस्थिरताले नेपाली बजारमा पनि प्रत्यक्ष असर पारेको विश्लेषण गरिएको छ।

Attariya Hospital

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी तोलामा ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ भने १० ग्रामको मूल्य ५ हजार ८ सय रुपैयाँ कायम गरिएको छ। हिजो चाँदी तोलामा ६ हजार ४ सय ८० रुपैयाँ थियो। सुन–चाँदी दुवैको मूल्य वृद्धिले उपभोक्ता, व्यापारी र लगानीकर्ताको चासो झन् बढाएको

nawajiwan