
लालझाडी: कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देवमा गएराति जंगली हात्तीको आक्रमणबाट ५५ वर्षीय पार्वती साउद र उनकी ६ वर्षीया नातिनी रोजी साउद गम्भीर घाइते भएका थिए।

कञ्चनपुरका प्रहरी प्रवक्ता हेमबहादुर शाहीका अनुसार घाइते दुवैको सी एन्ड सी अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि ६ वर्षीया बालिका रोजिनालाई धनगढी रेफर गरिएको र अस्पताल नपुग्दै बाटोमै रोजिनाको ज्यान गएको हो। हात्तीको आक्रमणमा परेका घाइतेद्वयको नेपाली सेनाले उद्धार गरेको थियो । पछिल्ला दिनहरूमा कञ्चनपुरमा जंगली हात्तीको आक्रमण नरोकिएपछि अकालमै मानिस ज्यान गुमाउन बाध्य भएका छन्।


लालझाडी गाउँपालिकाका अध्यक्षले शिविरमा बस्दै आएका प्रभावित परिवारलाई सहयोग गर्न गाउँपालिका तयार रहेको जानकारी गराउँदै सम्बन्धित निकायमा आवश्यक पहल गरिने बताएका छन्।


































