सेती प्रादेशिक अस्पतालमा तिम्ल्याहा शिशुको जन्म, आमा र शिशुको अवस्था सामान्य

Image
Nisarga Hospital

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल मा दार्चुलाकी ३१ वर्षीया महिलाले तिम्ल्याहा शिशुलाई जन्म दिएकी छन्। बुधबार गरिएको सफल शल्यक्रियामार्फत दुई छोरा र एक छोरीको जन्म भएको अस्पतालका स्त्री तथा प्रसूति विभाग प्रमुख डा. खगेन्द्रप्रसाद भट्टले जानकारी दिए।

CP Hospital Dhangadhi
Attariya Hospital

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रतिक्षा सिंह राठौर नेतृत्वको टोलीले आठ महिनामै शल्यक्रिया गरेर शिशु जन्माएको हो। गर्भावस्थाको पाँचौँ महिनादेखि नियमित जाँच गराउँदै आएकी ती महिलाको यसअघि दुई छोरी छन्।

जन्मिएका तीनै शिशुको तौल दुई किलोग्रामभन्दा केही बढी रहेको छ। तौल अलि कम भएकाले एक शिशुलाई एनआइसियूमा राखिएको छ भने आमा र अन्य दुई शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। प्राकृतिक रूपमा तिम्ल्याहा गर्भ रहेकाले समयअगावै शल्यक्रिया गर्नुपरेको चिकित्सकहरूले बताएका छन्।