कालो सिसाविरुद्ध गृहमन्त्रीको कडाइ, ‘मेरो गाडीको पनि तुरुन्त हटाउनुस्’

Image
Nisarga Hospital

गृहमन्त्री सुधन गुरुङले सार्वजनिक तथा निजी सवारी साधनमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीलाई कडा निर्देशन दिएका छन्। सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा उनले आफ्नो गाडीमा जडान गरिएको कालो सिसासमेत तत्काल हटाउन निर्देशन दिएका हुन्।

CP Hospital Dhangadhi

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्ले र अन्य अधिकृतहरूसँग छलफल गर्दै गृहमन्त्री गुरुङले कानुन सबैका लागि समान भएकाले आफ्नो गाडीलाई पनि कुनै छुट नदिन आग्रह गरे। उनको निर्देशनपछि ट्राफिक प्रहरीले उनले प्रयोग गर्दै आएको सवारीको कालो सिसा हटाउने तयारी गरेको छ।

Attariya Hospital

उपत्यकामा असार १४ गतेदेखि निजी तथा सार्वजनिक सवारीमा जडान गरिएका कालो सिसाका स्टिकर हटाउने अभियान सञ्चालन भइरहेको छ। पहिलो चरणमा स्टिकर हटाउने कार्यलाई प्राथमिकता दिइएको ट्राफिक प्रहरीले जनाएको छ।

nawajiwan

यसैबीच, कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारीका सम्बन्धमा आवश्यक समाधान खोज्न ट्राफिक प्रहरी र सवारी बिक्रेता कम्पनीबीच छलफल भइरहेको छ। ट्राफिक प्रहरीका अनुसार कानुनी मापदण्डअनुसार आवश्यक परे त्यस्ता सवारीको सिसा परिवर्तन गर्ने विषयमा पनि परामर्श भइरहेको छ।