
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने सुनिश्चित गर्नुभयो। बुधबार कैलालीको जानकी गाउँपालिका–४, कञ्चनपुरमा चारपाङ्ग्रे मेसिनद्वारा चैते धान रोपाइँको उद्घाटन गर्दै मन्त्री परियारले सरकारले समयमै २९ अर्ब रुपैयाँ अनुदान निकासा गरिसकेको बताए।

उहाँले अन्तर्राष्ट्रिय परिवेशले असर नपारे मलको अभाव नहुने र प्राङ्गारिक मलको प्रयोगको तयारीमा रहन आग्रह गर्नुभयो। मेसिन प्रयोगले श्रमशक्ति र लागत घटाउने भएकाले कृषि यान्त्रिकीकरणले क्षेत्रमा नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभयो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कैलालीमा पहिलो पटक मेसिनद्वारा धान रोपाइँ गरिएको हो। बीजबृद्धि कृषि सहकारी संस्थाको दुई बिघा जमिनमा मेसिन प्रयोग गरिएको र सहकारीलाई १६ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने मेसिन खरिद तयारीमा रहेको परियोजना अधिकृत भीष्मराज रेग्मीले जानकारी दिनुभयो। कार्यक्रममा प्रदेश र स्थानीय जनप्रतिनिधिहरू उपस्थित थिए।

































