बाँकेमा बर्ड फ्लू जोखिम बढेपछि भारतीय सीमामा उच्च सर्तकता, अवैध चल्ला नष्ट

Image
Nisarga Hospital

खुला सीमा रहेको बाँकेको नेपालगञ्जसहितका क्षेत्रमा बर्ड फ्लूको जोखिम देखिएपछि उच्च सतर्कता अपनाइएको छ। जिल्ला पशु क्वारेन्टाइन कार्यालयका अनुसार भारतबाट अवैध रूपमा ल्याइएका कुखुराका चल्ला र सेतो अण्डा दैनिक रूपमा नष्ट गरिँदै आएको छ। प्रमुख डा हरेराम यादवले यस क्षेत्रमा बर्ड फ्लू नदेखिए पनि रोकथामका लागि आयात–निर्यातमा कडाइ गरिएको बताए।

CP Hospital Dhangadhi

सरकारले भारतबाट चल्ला र अण्डा ल्याउन प्रतिबन्ध लगाए पनि खुला सीमाबाट अवैध ओसारपसार हुने गरेको छ। प्रहरी सक्रियतापछि तस्करहरू सामग्री छाडेर भाग्ने गरेको बताइएको छ। दैनिक २० देखि २५ थान भारतीय ब्रोइलर चल्ला नष्ट भइरहेको कार्यालयले जनाएको छ।

Attariya Hospital

भेटेरिनरी सेवा केन्द्रका अनुसार सुइया, जमुनाहा लगायतका नाकामा निगरानी बढाइएको छ र जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको छ।

nawajiwan