पश्चिम एसियाबाट नेपाली उद्धार: तीन दिन विशेष उडान सञ्चालन

Image
Nisarga Hospital

पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि सरकारले आजदेखि तीन दिन विशेष उडान सञ्चालन गर्ने भएको छ। नेपाल वायुसेवा निगमले अप्रिल ३ मा काठमाडौं–दुबई, ४ मा दुबई–काठमाडौं र ५ मा काठमाडौं–दमाम–काठमाडौं उडान तालिका तय गरेको छ।

CP Hospital Dhangadhi

ती क्षेत्रमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने तथा गन्तव्य मुलुकसम्म पुर्‍याउने उद्देश्यले उडान सञ्चालन गर्न लागिएको हो। परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा सम्बन्धित निकायबीच भएको समन्वयपछि यो निर्णय लिइएको हो।

Attariya Hospital

पश्चिम एसियामा बढ्दो तनाव र असुरक्षाका कारण नियमित उडान फेब्रुअरी २८ देखि स्थगित रहँदै आएको छ। यस्तो अवस्थामा पनि उद्धार उडान सञ्चालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, पर्यटन मन्त्रालय र अन्य निकायबीच सहकार्य गरिएको छ।

nawajiwan

उडानको क्रममा आवश्यक बीमा व्यवस्थापनका लागि राष्ट्रिय बीमा कम्पनीले सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सरकारले यस कार्यमा सहयोग गर्ने सबै निकायलाई धन्यवाद दिँदै उद्धार कार्यलाई प्राथमिकतामा राखेको स्पष्ट पारेको छ।

Advertize US