
नेपाल प्रहरी प्रधान कार्यालयले प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा भर्ना खुलाएको छ। शुक्रबार जारी सूचनाअनुसार प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक तथा प्रहरी जवान पदका लागि आवेदन खुला गरिएको हो।

भर्ना इन्जिनियरिङ, विधि विज्ञान र स्वास्थ्य क्षेत्रका विभिन्न प्राविधिक सेवामा केन्द्रित रहेको छ। इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एन्ड आर्किटेक्चर तथा अटोमोबाइल क्षेत्रमा आवेदन माग गरिएको छ। यसैगरी विधि विज्ञानतर्फ बायोलोजी र रसायन विषयका लागि अवसर खुलाइएको छ।

स्वास्थ्य सेवातर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमए लगायतका पदमा भर्ना प्रक्रिया अघि बढाइएको छ।

प्रहरी नायव उपरीक्षकदेखि प्रहरी सहायक निरीक्षकसम्मका पदका लागि चैत २५ देखि वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ। त्यस्तै प्राविधिक प्रहरी जवान पदका लागि चैत २६ देखि वैशाख ३१ गतेसम्म आवेदन बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।






























